• २०८१ बैशाख १७ सोमबार

आठ लाख अफगानी शरणार्थी स्वदेश फर्किए

kharibot

काबुल । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । 

“अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ ।  फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए ।

२५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै सङ्ख्या इरानमा बस्दै आएका छन् ।

शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले  दैनिक हजारौं अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गर्नु भएको छ ।  

अधिकारीहरूका अनुसार लाखौं अफगानीहरू विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै