• २०८१ बैशाख २८ शुक्रबार

बरहथवा घटनाको छानबिन गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

kharibot

काठमाडौं । सरकारले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति बनाएको हो ।

यस्तै सो घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।

नगर अस्पतालको विषयलाई लिएर शुक्रबार दुई पक्षबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको थियो । समितिलाई सो घटनाका सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न ७ दिनको समय दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै