• २०८१ बैशाख १५ शनिबार

सर्लाहीको बरहथवा आजपनि तनावग्रस्त

kharibot

सर्लाही । सर्लाहीको बरहथवा आज पनि तनावग्रस्त रहेको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारी र प्रहरीबिचको झडपले बरहथवा तनावग्रस्त बनेको हो । 

प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन् । जवाफमा प्रहरीले पनि दर्जनौँ टियरग्यास र हवाई फायर गरेको छ ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-६ मा अस्पतालको विषयमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिजुलीको महसुल बुझाउन गएका स्थानीय २८ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । आज तेस्रो दिनसम्म पनि मृतक शाहको शव सडकमै राखेर प्रदर्शन जारी भएको छ ।

यसैबीच सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै