• २०८१ बैशाख २८ शुक्रबार

बरहथवा घटनाका दोषीलाई कानुनको दायरामा ल्याउन आयोगको आग्रह

kharibot

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा जयशंकर साहको मृत्युको विषयमा अनुगमन गर्दै दोषीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेको छ ।

सर्लाहीको बरहथवामा स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीले गोली हानी साहलाई मारेको हो ।

घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न मानवअधिकार आयोगले माग गरेको छ ।

घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरी भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरेको छ। घटनामा संयमता अपनाई शान्ति सुरक्षाको स्थिति मजबुद बनाउन आयोग सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालयले अनुगमन गरिरहेको बताइएको छ । घटनामा सर्वसाधारणले न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । शान्ति सुरक्षाको स्थितिलाई खल्बलिन नदिन स्थानीय प्रशासनले बरहथवा क्षेत्रमा पटकपटक कफ्र्यू आदेश जारी गरेको छ । साहको शव अझै पनि सडकमै रहेको मानवअधिकार आयोगको प्रारम्भिक अनुगमनमा भेटिएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै