• २०८१ बैशाख २८ शुक्रबार

बरहथवा घटनामा सहमति, अस्पतालको नामकरण मृतक शाहको नामबाट गरिने

kharibot

सर्लाही । सर्लाहीको बरहथवा घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमति जुटेको छ ।

बरहथवास्थित नगर अस्पताल मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।

सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएपछि अहिलेसम्म पनि सो क्षेत्र तनावग्रस्त रहेको छ र प्रशासनले लगातार कर्फ्यू जारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै