• २०८१ बैशाख २० बिहीबार

फाइटरको अग्रिम बुकिङ सुरू, १ करोडको कलेक्सन

kharibot

मुम्बइ। ऋतिक रोशनको फिल्म ‘फाइटर’ यसै वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ । 

फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । रिलिज हुनुभन्दा दश दिन अगाडि नै फिल्मको शानदार ट्रेलर पनि सार्वजनिक भएको थियो, जसले फ्यानहरुको उत्साह झनै बढाएको छ । अहिले दर्शक फिल्मको प्रतिक्षामा छन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म फाइटरको अग्रिम बुकिङ पनि भइरहेको छ । 

यसैबीच, फिल्मले दिनहुँ लाखौं नोट कलेक्सन गरिरहेको छ। कोइमोईको रिपोर्ट अनुसार फाइटरले रिलिजको पहिलो दिन अग्रिम बुकिङ कलेक्सनबाट अहिलेसम्म रु ७०.८५ लाख कमाएको छ । 

अर्थात् अग्रिम बुकिङमा नै फिल्मले १ करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै