• २०८१ बैशाख २० बिहीबार

वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी

kharibot

काठमाडौँ । अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट १० विकेटले जितेको छ ।

टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको २६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि वेस्टइन्डिजले पहिलो इनिंगमा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनंगमा २८३ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले पहिलो इनिंगमा ९५ रनको अग्रता बनाएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगमा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो । 

यस खेलमा पहिलो इनिंगमा ११९ रनको शतकीय पारी खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितपछि २ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जनवरी २५ देखि शुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै