• २०८१ बैशाख १७ सोमबार

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

kharibot

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।  आइतबार प्रदेशसभामा मुख्यमन्त्री यादवको विश्वासको मतको पक्ष्यमा ६९ मत परेको थियो ।

१०७ सदस्यीय मधेश प्रदेस सभामा बहुमतको लागि ५४ मत आवश्यक रहेको थियो । आजको मतदान प्रक्रियामा १०४ सांसद उपस्थित भएका थिए । जसमा विश्वासको मतको पक्षमा ६९ र विपक्षमा ३५ मत परेको थियो । 

गत माघ ९ गते जनमत पार्टीले सर्मर्थं फिर्ता लिदै सरकारबाट बाहिरिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लिएका हुन् । जसपाका यादव २०७९ पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिएका छन् ।

मधेसमा जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनले सहजै विश्वासको मत पाउने देखिएको छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।  त्यस्तै मधेसको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३, राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद रहेका छन् । त्यसैगरी प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै