• २०८१ बैशाख १७ सोमबार

पेनाल्टी सुटआउटमा पुलिसले आर्मीलाई हरायो

kharibot

काठमाडौँ । नेपाल पुलिस क्लबले केपी ओली कपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरको हो ।

विभागीय डर्बीमा ९० मिनेटसम्मको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

यो जितपछि नेपाल पुलिस क्लबले अब अर्को खेल फागुन १५ मा मछिन्द्र क्लबसँग खेल्ने छ ।

अब केपी ओली कपमा सोमबार दिल्ली एफसी र मानेभन्ज्याङ फुटबल क्लबबीच अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै