कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया बालिक निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरी टालीले पक्राउ गरेको हो ।
बिष्टलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएपछि सार्वजनिक गर्ने कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
साउन १० गते हराएकी पन्तको ११ गते घर नजिकैको उखुबारीमा मृतावस्थामा शव भेटिएको थियो । शवको पोष्टमार्टम रिपोर्टले बलत्कारपछि हत्या भएको पुष्टि भइसकेको छ ।