• २०८१ बैशाख १७ सोमबार

बारामा बलत्कारको घटना लेनदेनमा मिलाउने प्रयास !

kharibot

बारा । बारामा बलत्कारको घटनालाई लेनदेनमा मिलाउने प्रयास गरेको पाईएको छ ।

जिल्लाको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नैं घटना लेनदेनमा मिलाउँन र बलात्कारीलाई बचाउँने प्रयास गरेको पाईएको हो ।

सुवर्ण गाउँपालिका वडा नं.५ स्थित औरैयामा गत शुक्रवार विश्वकर्मा पूजाको दिन अर्थात् असोज १ गते बेलुकी करिब ७:३० बजेको समयमा स्थानीय एक १२ वर्षिय बालिका बलात्कृत भएकी हुन् ।

बलात्कृत बालिकाको अभिभावकले नेपाल भारत सिमामा टाँगा चलाएर घरपरिवारको गुजारा चलाउने गरेका छन् ।

असोज १ गते बेलुकी करिब ७ :३० बजेको समयमा गाउँमा विश्वकर्मा पूजाको मेला हेर्न गएका उनका बुबा मन्सोर मियाँलाई खाना खान बोलाउन घरबाट केही पर जाँदै गर्दा मन्सोर मियाँ र सविल खातुनकी छोरी १२ वर्षिय बालिका सोहि ठाउँका वर्ष २५ का दुई छोरीका बुवा शिवपुजन यादवले बालिकाको मुखमा गम्छा हालेर मुख थुनेर नजिकैको घरमा लगेर जबरजस्ती करणी गरे ।

बालिका आफुलाई आफुलाई बचाउन मुख थुनिएको अवस्थामा समेत चिच्याए पछि छिमेकीहरु हेर्न जाँदा आरोपित व्यक्ति भागेको देखेका थिए र छिमेकीहरुले बालिकालाई उद्दार गरेको प्रत्यक्षदर्शी जग्दीलाल यादवले बताए ।

उनीले क्यामरा अगाडी केहि बेल्न मानिन्न तर, हामीलाई उनले भने यहाँ केही भन्यो भने बस्न दिदैनन्, प्रहरीको अगाडी समेत केहि भन्यो भने गाउँको पञ्चायती र कथित भद्रभलाद्मीहरुले यहाँ बस्न दिदैनन् ।

सुवर्ण गाउँपालिका वडा अम्बर ५ का जनप्रतिनिधिले नै बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउन परिवारलाई प्रयास गरेका छन् ।

सुवर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामएकवाल साहले गाउस्तर मैं कथित भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेका थिए ।

तर , बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउँन नहुने भन्दै स्थानीय युवाहरु वडा अध्यक्ष रामएकवाल साहलाई चेतावनी दिएपछि स्थानीय युवा र वडा अध्यक्ष साह बिच भनाभन भएपछि स्थानीय युवाहरुले पञ्चायतीमा अबरुध गरे पछि कथित भद्रभलाद्मीहरु र वडा अध्यक्ष साहलाई पञ्चायतीबाटै लखेटेको स्थानीय युवा बिनेद प्रसाद यादवले बताए ।

बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई लेनदेनका आधारमा मिलापत्र गराउन प्रयास गर्ने वडा अध्यक्ष र भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन प्रयास भए पछि स्थानीय युवाहरुले बिरोध गरेको स्थानीय युवा विनोदप्रसाद यादवले बताए ।

घटनापछि वडा अध्यक्ष रामएकवाल साहले २/२ पटक पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको देखेर आक्रोसित युवाले वडा अध्यक्ष साहलाई लखेटेका हुन र घटना लेनदेनबाट नमिल्ने देखेर घटनाका आरोपी शिवपुजन यादवलाई शनिवार वडा अध्यक्ष कै ईशारामा भारत तर्फ भागेको स्थानीय बासिन्दाले बताएका छन् ।

केही स्थानीयले बलात्कारीलाई भगाएको र उल्टै बलात्कृत बालिकालाई हातपात गरेको स्थानीयले बताएका छन् ।

अहिले समेत पीडित परिवारलाई विभिन्न व्यक्तिहरुले मानसिक दबाब र त्राश दिदै आएका छन् । तर , हामी न्यायको खोजिमा छउ र बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउँन हिमीलाई २/२ पटक पञ्चायती राखेर एक लाख ५० हजार दिन्छु यो घटनालाई यहीँ लुकाउन पटक पटक वडा अध्यक्ष दबाब दिदै आएको पिडितका काका अलि शोर मियाले बताए ।

तर , हामीलाई पैसाको भन्दा न्याय चाहिएको छ , त्यहीँ भएर हामीले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएको र प्रहरीले सत्य तथ्य छानबिन गर्छ भन्ने बिश्वास गरेको उनले बताए । साथै कतै राजनिति र पैसाको प्रलोभनमा प्रहरीले मुद्दा कमजोर गर्ने त हेईन भन्ने डर समेत रहेको मियाले बताए ।

पीडितका बाबुले असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता गराएका छन् । भने प्रहरीले पिडित १२ वर्षीय बालिकाको शनिवार जिल्ला अस्पताल कलैयामा स्वास्थ परिक्षण समेत गराई सकेको छ ।

पीडितका बाबुको किटानी जाहेरीका आधारमा आरोपित शिवपुजन यादवविरुद्ध मुद्दा दर्ता भएको र घटना बारे थप अनुसन्धान तथा आरोपितको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय