• २०८१ बैशाख १७ सोमबार

बलत्कारको घटना लेनदेनमा मिलापत्र गराउने सात जना पक्राउ

kharibot

बिरगंज । मोरङको रंगेली नगरपालिका ९ मा असार २० गते भएको बलत्कारको घटनालाई गाउँ मैं मिलाउने ७ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ । 

हाम्रो समाजमा अहिले पनि जघन्य अपराध गर्ने अपराधीलाई पैसाको बलमा उन्मुक्ति दिने प्रचलन कायम नैं रहेको एक घटनाले साबित भएको छ । पछिल्लो पटक रङगेली नगरपालिका ९ स्थित सखुवाथानमा यस्तै घटना सार्वजनिक भएको थियो ।

घटना बिवरण अनुसार गत असार २० गते किशोरीलाई शारीरिक रूपमा अशक्त रहेकी छिन् । उनलाई स्थानीय ३ जना युवाहरूले मिलेर सामुहिक रुपमा करणी गरेर घटनामा पिडित परिवार जनले थाहा पाए पछि गाउँका ठुला ठुलाले बिपन्न परिवार कि ती किशोरीलाई पैसाको कागज गरि घटना मिलाउन गाउँ मैं मिलापत्रको कागज भेटिएको थियो । 

उक्त कागजमा साेहि स्थानका स्थानीयहरु मिलेर कागज समेत गरेका थिए । प्रहरीले उनिहरुको व्यापक खोजि कार्य गरेर स्थानीय अभिनय बजगाई, दिलिप कुमार मुर्मु, सुभाष राजबंशी, राम बहादुर राजबंशी, हेमलाल राजबंशी, सेखर गौतम र चित्र सेन राजबंशीलाई बिहीबार पक्राउ गरेको छ । 

उनीहरुलाई शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ । 

किशोरीलाई सामुहिक रूपमा जबर्जस्ती करणी गर्न रङेली ९ सखुवाथान बस्ने २५ बर्सिय रोमन मगर, सोही ठाउँ बस्ने २४ वर्षिय प्रीन्स अधिकारीलाई पक्राउ गरि आवश्यक कारवाहीसमेत अगाडि बढाई सकेको छ । 

सामुहिक जवर जस्ति करणीको मुद्दामा म्याद थपिएको र घटनामा थप समलग्न रहेका गणेशप्रसाद दहाल, रेवतवहादुर काफ्ले र चेतबहादुर मगर फरार रहेको र उनीहरुको पनि खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहालले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै