• २०८१ बैशाख १५ शनिबार

सन्दीपसँग आइपिएल खल्ने पृथ्वी भारतीय टेस्ट टिममा 

kharibot

काठमाडौँ। भारतका अन्डर १९ कप्तान पृथ्वी शाहले टेस्टमा डेभ्यु गर्ने भएका छन्। इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे ओपनर पृथ्वीलाई टिममा बोलाएको छ ।

पृथ्वीलाई भारतका ओपनर ब्याट्सम्यान मुरली विजयको ठाउमा बोलाइएको छ। पछिल्ला ११ पारीमा विजयले दोहोरो अंकमा रन पछि भारतीय बोर्डले युवा खेलाडीलाई मौका दिने निर्णय गरेको टिमका म्यानेजर रवि शास्त्रीले जानकारी दिएका छन्।  पृथ्वीले अब इङल्याण्डविरुद्धको चौथो र पाचौ टेष्ट खेल्नेछन् ।

उनले पहिलो श्रेणीको क्रिकेटमा २०१७ मा डेभ्यु गरेपछि १४ वटा शतक बनाएका छन् बहने उनकै नेतृत्वमा भारत यू–१९ विश्वकपको उपाधि जितेको थियो। 

आइपीएलमा नेपाली बलर सन्दीप लामिछानेसँगै दिल्ली डेयरडेभिल्सबाट खेल्ने पृथ्वीको ब्याटिङ गर्ने शैलीलाई मास्टर ब्लाष्टर सचिन तेन्दुलकरसँग तुलना गरिँदै आएको छ । 

पृथ्वीसँगै अर्का युवा ब्याट्सम्यान हनुमा विहारीले पनि टेष्ट डेब्यु गर्ने भएका छन् । २४ बर्षिय बिहारीको भारतीय घरेलु क्रिकेटमा यस सिजनमा अहिलेसम्म उत्कृष्ट औसत रहेको छ। उनको ६३ पहिलो श्रेणीको खेलमा ५९.७९को औसत रहेको छ भने उनले अहिलेसम्म पहिलो श्रेणीमा ५१४२ रन बनाएका छन् जसमा १५ शतक र २४ अर्धशतक सामेल छन्। उनको उच्च रन ३०२ नटआउट रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै