• २०८३ कार्तिक ३० सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २ जना तथा गण्डकी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १४९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४१ जना घाइते भएका छन् भने कोशीमा २३  जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, कर्णालीमा ८ जना र गण्डकीमा १० जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै