• २०८१ बैशाख १७ सोमबार

सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबिच सम्झौता भएको छ । दुई संस्थाका प्रमुुखहरुबिच हस्पिटलले दिने बिभिन्न सेवा सुबिधामा छुुट दिने बिषयमा सम्झौता भएको हो । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु  र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै