• २०८१ बैशाख १७ सोमबार

युएस ओपनको पुरुषतर्फको सिंगलको उपाधि नोभाक डिजोकोभिकले जिते

kharibot

काठमाडौँ। युएस ओपनको पुरुषतर्फको सिंगलको उपाधि सर्बियाका नोभाक डिजोकोभिकले जितेका छन्। सोमबार बिहान भएको फाइनलमा डिजोकोभिकले अर्जेन्टिनाका जवान मार्टिन डेल पोर्टोलाई सोझो सेटमा पराजित गर्दै यस बर्षको युएस ओपनको उपाधि जितेका हुन्। 

डिजोकोभिकले पोर्टोलाई ३ घन्टा १६ मिनेटसम्म भएको खेलमा ६-३, ७-६(७-४) र ६-३ को सोझो सेटमा पराजित गरेका थिए। 

डिजोकोभिकको यो १४औ सिंगल ग्रान्ड सलाम उपाधि हो। युएस ओपनको ८ पटक फाइनलमा पुगेका डिजोकोभिकले तेस्रो उपाधि जितेका हुन्। उनले यस अघि २०११ र २०१५ मा युएस ओपनको उपाधि जितेका थिए। त्यस्तै फाइनलमा हार बेहोरेका पोर्टोले सन् यु२००९ मा युएस ओपनको उपाधि जितेका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै