सिटी एक्सप्रेसको ९० दिने 'लखपति एक्सप्रेस' योजना सार्वजनिक

खरीबोट

काठमाडौँ। लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “लखपति एक्सप्रेस” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एकजनालाई रु १,००,००० उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि.१२औं बर्ष प्रवेश गरेको उपल्क्षयमा रु १२ लाख जित्न सक्ने छन् । कम्पनीकाअनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यो “लखपति एक्सप्रेस”अफर असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवा ग्राही यो उपहार योजनामा सहभागी हुने छन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजनामार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुने छन्।

यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूहमध्ये अग्रस्थान ओगट्न सफल  समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मानिएको छ ।

सम्बन्धित समाचार

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको विजेता घोषित

काठमाडौँ । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको एक लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छन्

सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको साधारण सभा सम्पन्न, दुई संचालक निर्वाचित

काठमाडौँ । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा अर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल

सिटी एक्स्प्रेस मनी ट्रान्स्फर र दुवईको अल फर्दान एक्स्चेन्ज कम्पनीबीच सम्झौता

काठमाडौं / दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुवईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४

सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेसको अन्तिम हप्ताको बिजेताहरु घोषणा

काठमाडौँ । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ ।  कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा


z