• २०८१ बैशाख १७ सोमबार

माेवाइलमै आउने भयो जापान र कोरियाबाट नगद

kharibot

 खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै रेमिटान्स भित्र्याउन थालेको छ ।सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याएको छ ।

खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा शुरु गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनुपर्ने झञ्झटसमेत अन्त्य भएको छ ।

जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनी ट्रान्सफरको नजीकैको एजेन्ट कहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेबाइल खातामा सिधै रकम पठाउन सक्नेछन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेबाइल एपबाटै ट्रान्सफर गर्न सकिने छन् । त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखामा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । सिटीको जापानमा टोकियो सिन्जुकु, नागोया, फुकुओका र तेचिगीमा शाखा रहेका छन् ।

यस्तै जी रेमिटका कोरियामा सोललगायत विभिन्न तीन शहरमा शाखा छन् । सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याएका हुन् ।

विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको उनले बताए ।

खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स ल्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताए । मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनाका साथै फजुल खर्च हुने सम्भावनासमेत कम हुने पनि जानकारी दिए । खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । यसका प्रयोगकर्ताको सङ्ख्या १३ लाखभन्दा बढी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै