• २०८१ बैशाख १७ सोमबार

सिटी एक्स्प्रेस लखपति योजनाको असोज महिनाको एक लाख विजेता घोषित

kharibot

काठमाडौँ । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत असोज महिनाको विजेता घोषणा गरिएको छ ।

असोज महिनाको रु १, ००,००० को मासिक लक्की ड्रमा परी बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ । 

लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले  रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १०,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै