काठमाडौँ । मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले एक विकेट गुमाउदै ८.३ ओभरमा पुरा गरेको थियो ।
नेपालका लागि आशिफ शेखले नट आउट २३ र सन्दीप सुनवारले २१ रन बनाएका थिए भने अनिल कुमार शाहले ४ रन नटआउट बनाएका थिए ।
यस अघि भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै अल आउट भएको थियो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए ।
एसीसी एशियन कपको छनौट खेलमा नेपालको यो दोस्रो जित हो । नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । समुहमा प्रथम हुने टिम मात्र एशियन कपमा छनौट हुन् पाउने छ । नेपालले समुहको अन्तिम खेल विहिबार सिंगापुरसँग खेल्दै छ ।
सिंगापुरले पनि आफ्ना दुवै खेल जितेको छ । भोलि हुने खेल नेपालका लागि फाइनल खेल सरह हुने भएको छ ।