काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूता पार्क युंग सिकले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् ।
जंगी अड्डामा भएको भेटका क्रममा राजदूत सिकले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको नेपाली सेनाले जनाएको छ ।
सो क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे चर्चा भएको थियो ।
केही समयअघि मात्रै थापा नेपाली सेनाको प्रधानसेनापतिमा पदोन्नति भएका थिए ।