• २०८१ बैशाख १५ शनिबार

डेरी सञ्चालकको आत्मकथा : यो बन्छु भनेर हिँड्दा त्यो बनेँ ! 

kharibot

काठमाडौं । नेपालका प्रथम निजी डेरी सञ्चालक इन्द्रबहादुर बस्नेतले लेखेको ‘हिँडेको गोरेटो’ आत्मवृत्तान्त पुस्तक लोकार्पण भएको छ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी र डा. योगी विकाशानन्दले संयुक्त रुपमा आज कुञ्ज थिएटरमा विमोचन गरेका हुन् । 

पुस्तक विमोचनमा बोल्दै मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले ससाना मान्छेले नै देश विकास भएको र डेरीमा अनवरत काम गर्ने नेपालको डेरी क्षेत्रका पायोनियर इन्द्रबहादुर बस्नेतको किताब प्रेरणाको पुन्ज भएको बताए । शकुनी र दुुर्याेधन मामा भान्जाको कारण वंश विनाश भएको र यहाँ इन्द्र बहादुर बस्नेत र पूर्ण बहादुर थापा मामा भान्जाको कारण यत्रो डेरीको विकास भएको बताए । 

डा. योगी विकाशानन्दले डेरीमा इन्द्रबहादुर बस्नेतले र यो किताबले अमिट छाप छाडने हुनाले आजको दिन महत्वपूर्ण रहेको बताए । उनले अर्गानिक डेरीमा मुलुक प्रवेश गर्ने बेला भयो यतातर्फ यहाँको पाइला चलोस् भन्दै लेखकलाई सुुझाए । 

कार्यक्रममा पूर्वमन्त्री विक्रम बहादुर थापा, दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्त, नेपाल डेरीका संस्थापक, डेरी व्यवसायका अग्रणी हेरम्ब राज भण्डारी, डेरी उद्योग संघका अध्यक्ष अरनिको राज भण्डारी, आधुनिक डेरीका प्रबन्ध निर्देशक पूर्णबहादुर थापा, केन्द्रिय दुग्ध उत्पादक नारायण देवकोटाले शुभकामना व्यक्त गरेका हुन् । 

हिँडेको गोरेटो पुस्तकका बारेमा बोल्दै लेखक इन्द्रबहादुर बस्नेतले आफुले लेखेको किताब आफुले भोगेको इतिहास भएको बताउँदै जीवनमा किताब लेख्छु भन्ने कहिल्यै नसोचेको आज यो पुस्तक निक्लेकोमा खुुशी व्यक्त गरे ।    

घोष्ट राइटिंग नेपाल (लेखन कुञ्ज) का अध्यक्षकमल ढकालले घोष्ट राईटिंगले समाजका लुकेका धेरै पात्रलाई अगाडि ल्याउने क्रममा यो पछिल्लो पुस्तक भएको बताए । समाजका विभिन्न क्षेत्रका पुुस्तकलाई ल्याउने क्रममा डेरीको किताब आएको बताए । 

हिँडेको गोरेटो पुस्तकका सम्पादक श्रीधर न्यौपानेले कार्यक्रममा बोल्दै यो पुस्तकले मान्छेलाई आफैले कुनै काम सुरु गर्नको लागि यो पुस्तक मार्गदर्शक भएको बताए । 

लेखक इन्द्र बहादुर बस्नेतले आफू यो बन्छु भनेर हिँड्दा त्यो बनेको त्यो बन्छु भनेर लाग्दा यो बन्दै डेरीमा आइपुुगेको बताए । बाध्यताले सुरु गरेको यो पेशा उद्योग र सौख बनेकोमा आफ्नो निरन्तरताले काम गरेको बताए । 

घोष्ट राइटिंग नेपालले बजारमा ल्याएको पुस्तकको मूल्य रु. ३५० रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै