काठमाडौँ। पोर्चुगलले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
आफ्ना क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा खेलिरहेको पोर्चुगलले लगातार जित हासिल गरिरहेको छ। पोर्चुगलका लागि हेल्डर कोस्टा, एडर र ब्रुमाले के एक गोल गरेका थिए।
पोल्याण्डविरुद्ध ३-२ को जित निकाल्दा खेलेका १० खेलाडीलाई परिवर्तन गरेर स्कटल्याण्डविरुद्ध खेलेको पोर्चुगलले स्कटल्याण्डमाथि सहज जित निकालेको थियो।
पोर्चुगलले पछिल्ला ११ खेलमा ३ खेलमा जित ६ खेल बराबरी र २ खेलमा छ। पोर्चुगलले अब अर्को महिना नेशन्स कप अन्तर्गत इटालीसँग खेल्ने छ।