• २०८१ बैशाख १६ आइतबार

४५औ जन्म दिन मनाउदै ऐश्वर्या राय बच्चन

kharibot

मुम्बई। बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनले आज आफ्नो ४५औ जन्म दिन मनाउदै छिन्। २१ बर्षको उमेरमा सन् १९९४ मा मिस वर्ल्ड जितेकी ऐश्वर्या रायले बलिवुडका फिल्म देखि थुप्रै अन्तर्राष्ट्रिय मंचहरुमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्। बलिवुडमा ऐश्वर्याले दुई फिल्म फेयर अवार्ड र भारत सरकारबाट पदमा श्री अवार्डले पनि सम्मानित भएकी छन्। 

देवदास, हम दिल दे चुके सनम, धुम २, जोधा अकबर, मोहबते, ए दिल है मुस्किल जस्ता सफल फिल्मका लागि ऐश्वर्यालाई बलिवुडमा सम्झिने गरिन्छ। ऐश्वर्या कान्स फिल्म फेस्टिभलमा जुरीको भूमिका निभाउने पहिलो बलिवुड अभिनेत्री पनि हुन्। 

सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह बन्धनमा बाधिएकी ऐश्वर्या विवाह अघि अभिनेता सलमान खानसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी थिइन् । फिल्म हमदिल दे चुके सनमपछि सलमानसँग नजिकिएकी ऐश्वर्या सलमानको खराब व्यवहारका कारण उनीसँग टाढा भएकी थिइन्। 

हाल अभिषेक बच्चनसँग सफल वैवाहिक सम्बन्धमा रहेकी ऐश्वर्याकी एक छोरी आरध्या रहेकी छन् ।  ऐश्वर्याको बलिवुडमा पछिल्लो फिल्म फन्ने खान गत अगस्टमा रिलिज भएको थियो भने अब उनको नयाँ फिल्म आफ्नै पति अभिषेकसँग गुलाव जामुन आउदै छ ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय