पिपिएलमा मैदानमा खराब व्यबहारका कारण सन्दीपसहित ४ खेलाडी कारवाहीमा  

खरीबोट

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेसहित ४ खेलाडीले एम्पायरको निर्णयविरुद्ध असन्तुष्टि देखाएपछि खेल रेफ्रीले डिमेरिट अंक दिएका छन्।

सन्दीपले शनिबारको चितवन राइनोजविरुद्धको खेलमा आइसीसीको कोड अफ काण्डक्टविरुद्ध एम्पायरसँग व्यवहार गरेको कारण खेल रेफ्री सत्यजित सरकारले एक डिमेरिट अंक दिएको पिपिएल आयोजकले जानकारी दिएका छन्।  

त्यस्तै विराटनगरकै बलर किशोर महतो र चितवन राइनोजका खेलाडी सन्नी पटेलले मैदानमा खराब व्यवहार देखाएका कारण खेल रेफ्रीले चेतावनी दिएका छन्।  

त्यस्तै गरी पिपिएलमा गत विहिबार भएको चितवनविरुद्धको खेलमा काठमाडौँ रोयल्सका अमर रौतेलाले मैदानमा खराब व्यवहार देखाएका कारण रौतेलालाई पनि एक डिमेरिट अंक दिइएको छ। 

सबै खेलाडीले आफ्नो गल्ति स्वीकार गरेकाले यस विषयमा सुनुवाईको आवश्यक नभएको पिपिएलले जनाएको छ। 

समुह चरणका खेल सकिएको पिपिएलमा पोखरा पल्टन अंकतालिकामा शिर्ष स्थानमा रहदै सिधै प्रतियोगिताको फाइनलमा पुगेको छ भने चितवन राइनोज र काठमाडौँ रोयल्स फाइनलमा पुग्नका लागि इलिमिनेटरका लागि छनौट भएका छन्। प्रतियोगितामा बुटवल ब्लाष्टर्स, धनगढी ब्लुज र विराटनगर टाइटान्स समुह चरणबाट बाहिरिएका छन्। 

इलिमिनेटरको खेल आइतबार हुने छ भने प्रतियोगिताको फाइनल खेल मंगलबार हुने छ।  
    

सम्बन्धित समाचार

पिपिएलका उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

पोखरा।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा चितवन राईनोजका भारतीय खेलाडी सन्नी पटेल चुनिएका छन्।  सन्नी पटेलले चितवनका लागि ७ खेलमा ६४.६६ को औसतले १९४ रन बनाएका थिए भने

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनले जित्यो

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि पोखरा पल्टनले जितेको छ । आज भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि घरेलु टिम पोखराले जितेको हो . चितवन

पिपिएल फाइनल : पारसको अर्धशतकसँगै चितवनले पोखरालाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ।  नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको छ। आज टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६०

पिपिएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै, यस्तो छ फाइनलसम्मको यात्रा 

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को अब फाइनल खेल मंगलबार हुदै छ। प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजले उपाधिका लागि आज खेल्दै छन्। बिहान ११ बजेदेखि हुने यस


z