काठमाडौँ। नेपाली दुई क्रिकेटर पाकिस्तान सुपर लिग २०१९ को ड्राफ्टमा परेका छन्। विदेशी खेलाडीको समुहबाट सन्दीप लामिछाने र सोमपाल कामी पिएसएल २०१९ को ड्राफ्टमा परेका हुन्।
पिएसएलको ड्राफ्टमा सन्दीप गोल्ड खेलाडीको सुचीमा परेका छन् भने सोमपाल सिल्भर खेलाडीको सुचीमा परेका हुन् ।
पिएसएलमा खेलाडीहरुको प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर गरि समुहमा विभाजन गरेर खेलाडीको सुची सार्वजनिक गरिएको छ। प्लाटिनममा परेका खेलाडीका लागि न्युनतम १ लाख ४० हजार डलर, डायमण्डको सुचिमा रहेका खेलाडीका लागि न्युनतम ७० हजार डलर, गोल्ड समुहमा परेका खेलाडीका लागि न्युनतम ५० हजार डलर र सिल्भर समुहमा परेका खेलाडीका लागि न्युनतम २२ हजार डलर पारिश्रमिक दिइने पिएसएल आयोजकले जानकारी दिएका छन्।
खेलाडीको अन्तिम ड्राफ्ट यहि नोभेम्बर २० मा हुने छ। ६ टिमले भाग लिने यस प्रतियोगितामा एक टिममा न्युनतम १६ खेलाडी हुने छन् भने प्रतियोगिता आगामी फेब्रुअरी १४ दखि मार्च १७ सम्म युएइमा हुने छ। प्रतियोगित का केहि खेलहरु पाकिस्तानमा पनि हुनसक्ने आयोजकले जनाएका छन्।
प्रतियोगिताको यो चौथो संस्करणमा एक टिमको नामको टुंगो अझै लागेको छैन भने अन्य टिममा इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स र लाहोर क्वालान्डर्स रहेका छन्।