• २०८१ बैशाख १७ सोमबार

हस्तकला ब्यापार मेला समापन, करिब ९ करोडको कारोबार 

kharibot

काठमाडौँ। ५ दिनसम्म चलेको १६औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आइतबारदेखि सम्पन्न भएको छ। मेलाको अन्तिम दिन आइतबार पनि भृकुटीमण्डपमा आगन्तुकहरुको निकै घुईचो रहेको थियो । 

मेलाको अवधिमा स्टलमा भएको प्रत्यक्ष विक्री र अर्डर समेत गरी करिव रु ८ करोड ७५ लाखको कारोबार भएको आयोजक हस्तकला महासंघले जानकारी दिएको छ। ५ दिनको अवधिमा मेलामा १ लाख ३५ हजार भन्दा बढि आगन्तुकहरुले अवलोकन गरेका छन् ।

यस मेलाका तथ्यगत विवरणहरुमा मेलामा ७ वटा पेभिलियन सहित १७२ वटा स्टल रहेका थिए । स्वतन्त्र निर्णायक मण्डलबाट स्टलको लेआउट, प्रदर्शकको व्यवहार, सृजनशीलता (सीप र कलाकारिता) कच्चा पद्धार्थको उपलब्धता, व्यापार संभाव्यता आदिको आधार लिई सबैभन्दा बढि अंक प्राप्त गर्ने पेभिलियन एक लाई उत्कृष्ट पेभिलियन र १ स्टललाई उत्कृष्ट स्टलको रुपमा पुरस्किृत गर्ने कार्यक्रम रहेको थियो । 

मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि यस मेलामा प्रत्यक्ष रुपमा मेलामा २० भन्दा बढि जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व गरेका थिए । यसको अतिरिक्त नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल व्यापार एकिकृत रणनीति ९ल्त्क्ष्क्० भित्र परेका वस्तुहरुलाई पनि मेलामा उच्च प्राथमिकतामा पश्मिना, जुत्ता, टेक्सटाईल र छालाका सामानहरु प्रदर्शन गरिएका थिए ।

यस मेलाको अर्को महत्वपूर्ण विधा अमूर्त सांस्कृतिक सम्पदा कार्यक्रम रहेको थियो । विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृति बीच रहको सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले यस मेलाको अवधिमा प्रमुख आकर्षणको रुपमा केही सांस्कृतिक कार्यक्रम समाबेश गरिएका थिए । ती मध्ये योगिनी नृत्य, कुमारी नृत्य, चर्या नृत्य, तामाé सेलो, झ्याउरे नृत्य, अमोदसिद्धि आर्यतारा नाच र पञ्चबुद्ध नृत्य आदि प्रदर्शन गरिएको थियो ।

मेलाको अर्को महत्वपूर्ण पक्ष सदस्यहरुबाट संकलन गरिएका मेलामा प्रदर्शित वस्तुहरु मध्येबाट उत्कृष्ट वस्तु छनौट गरी सम्मान गर्ने लक्ष्य रहेको थियो । सो अनुसार प्रथम, द्धितीय र तृतिय पुरस्कार प्राप्त गर्ने वस्तु गरी यसै समारोहमा पुरस्कृत गरिनेछ । उत्कृष्ट वस्तु छनोट गर्दा वस्तुको, कच्चा पद्धार्थको प्रयोग, वस्तुको गुणस्तरियता, निर्माण विधि आदिको आधारमा अंक प्रदान गरी स्वतन्त्र निर्णायक मण्डलबाट पुरस्कृत वस्तु छनोट गरिने कार्यक्रम रहेको छ ।  

यसका साथै आगामी बर्ष २०१९÷२०२० मा अन्तरराष्ट्रिय बजारमा माग हुन सक्ने सम्भावनालाई मध्यनजर राखी वस्तुहरुको ट्रेन्ड डिस्प्लेको आयोजना गत ३ बर्ष अघि देखि शुरु गरिएको थियो । उक्त ट्रेन्ड डिस्प्लेमा हातेकागज, सेरामिक्स, पश्मिना, अल्लो तथा उनीजन्य वस्तुका साथै गरगहना तथा वस्तुहरु, प्राकृतिक रेशा, नट क्राफ्ट र कटनका सामानहरु र टाईडाई गरेकोे सामानहरुको डिजाईन प्रक्षेपण एवं प्रदर्शनी गरिएको थियो । 

मेलाको प्रमुख आकर्षणको रुपमा रहेको १४ औं हस्तकला जीवन्त प्रतियोगिता यस बर्ष परम्परागत विधातर्फ “मैनको मूर्ति” र आधुनिक विधातर्फ “ढाका बुनाई” मा संचालन गरिएको थियो । दुवै विधामा गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । जीवन्त रुपबाट उत्कृष्ट कलकौशल प्रस्तुति गर्ने कलाकारहरुलाई पुरस्कार राशी प्रतिविधा प्रथमलाई रु.५०,०००÷, द्धितीयलाई रु.३०,०००÷ र तृतियलाई रु.२०,०००÷ नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। यी कार्यक्रम संचालनका लागि, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले आर्थिक सहयोग उपलव्ध गराएका थिए । साथै, महासंघको कला तथा शिल्प परिषद र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा मेला स्थलमा कलाकारहरुबाट तयार गरिएका हस्तकला वस्तुको हिमाली कला प्रदर्शनी २०७५ पनि आयोजना गरिएको थियो । यसको साथै हस्तकला क्षेत्रका ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ तथा सिद्धहस्त वरिष्ठ १० जना कलाकारहरुलाई यस मेलाको अवसरमा कदर तथा सम्मान गरेको थियो। 

महासंघले सबैभन्दा बढि निकासी गर्ने सदस्यहरु मध्येबाट ३ जना र गैर सदस्यबाट १ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ५ करोड भन्दा माथि र एक करोड भन्दा बढि निर्यात गर्ने व्यक्तिहरु र उत्कृष्ट उद्यमी तथा उत्कृष्ट कलाकारलाई पनि मेला समुद्घाटन समारोहमा सम्मान गरिएको थियो ।

मेलाको अन्तिम दिन आज २०७५ मंसिर २ गते आइतबार प्रमुख अतिथि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको आतिथ्तामा समापन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा महासंघका निबर्तमान अध्यक्ष तथा मेलाका प्रमुख संयोजक हेमरत्न शाक्यले मेलाको मूल्यांकण उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु छनौट प्रकृया बारेमा संक्षिप्त विवरण पेश गरेका थिए ।  त्यसैगरी हस्तकला प्रतियोगिताका संयोजक प्रचण्ड शाक्यबाट कला प्रतियोगिताको मूल्यांकन तथा उत्कृष्ट कलकार छनोट प्रकृयाबारे जानकारी प्रस्तुत गर्नु भएको थियो । 

मेलामा स्वतन्त्र निर्णायक मण्डलबाट छनोट भएका उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु र १४ औं हस्तकला प्रतियोगितामा परम्परागत बिधामा मैनको मूर्ति र मसामयिक विधा (ढाका बुनाई)मा उत्कृष्ट कलाकरको रुपमा पुरस्कृतहरुको विवरण यस्तो छ :  

उत्कृष्ट प्याभिलियन :  सबा नेपाल  रु १ लाख नगद पुरस्कार 
उत्कृष्ट स्टल : एनपि क्यास मियर हाउस एण्ड ह्याण्डिक्राफट रु २५ हजार नगद पुरस्कार   (नानी हेरा शाहि )

उत्कृष्ट बस्तु तर्फ 

क) तृतिय बनाना फाईबरको कार्पेट ( कुम्भेश्वर टेकनिकल स्कुलका सत्यन्द्र खड्गी ) रु १० हजार नगद 
ख) द्वितीय याक फाईवरको सल (साना हस्तकलाका प्रकाश बज्राचार्य)  रु १५ हजार नगद सहित
ग) प्रथम  सिल्भर ज्वेलरी (नेपलीज दी कलेक्सनका मीनु बज्राचार्य ) रु २० हजार नगद सहित

परम्परागत बिधामा मैनको मूर्तिमा उत्कृष्ट कलाकारमा 

क) तृतिय : नीशेश राज शाक्य (शाक्यमुनी बुद्ध) रु २० हजार नगद सहित
ख) द्वितीय : उदीप शाक्य (जोगिनी) रु ३० हजार नगद सहित
ग) प्रथम : मनोज शाक्य ( तारा )  रु ५० हजार नगद सहित

समसामयिक विधा (ढाका बुनाई)मा उत्कृष्ट कलाकारमा

क) तृतिय : ज्ञानीमाया तामाङ्ग रु २० हजार नगद सहित
ख) द्वितीय : देउ माया लिम्बु रु ३० हजार नगद सहित
ग) प्रथम : चुना बास्तोला ज्ञानीमाया तामाङ्ग रु ५० हजार नगद सहित
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै