• २०८१ बैशाख १७ सोमबार

अमेरिकाको अलास्कामा ७ रेक्टर स्केलको भुकम्प 

kharibot

काठमाडौँ। अमेरिकाको अलस्कामा ७ रेक्टर स्केलको भुकम्प आएको छ। भुकम्प आएपछि सुनामीको चेतावनी दिएपनि अहिले सुनामी आउने कुनै खतरा नभएको बताइएको छ ।

अमेरिकन भुगर्व बिभाग (युएसजीएस) का अनुसार भुकम्प अलास्काको अन्कोरेजदेखि ११ किमि उत्तरमा केन्द्र विन्दु रहेको जानकारी दिएको छ। भुकम्पको गहिराई ४०.९ किमि रहेको युएसजीएसले जनाएको छ। भुकम्प पछि कैयौ पटक परकम्प आएको बताइएको छ।

स्थानीय समय अनुसार बिहान साढे ८ बजे आएको सो भुकम्पपछि ५.७ रेकटर स्केलसम्मको पराकम्प आएको बताइएको छ। सीएनएनका अनुसार सो क्षेत्रमा करिब ३ लाख मानिसहरु बस्ने गरेको उल्लेख गरेको छ। भुकम्पपछि ४० पराकम्प आएको र जसमध्ये १० पराकम्प ४ रेक्टर भन्दा माथि रहेको युएसजीएसले जनाएको छ। 

अलस्काकी गभर्नर सारा पालिनले भुकम्पले आफु सुरक्षित भएको जानकारी दिदै आफ्नो घर भने भत्किएको बताएकी छन्। अलस्काआ १० हजार भन्दा बढी अहिले विद्युत बिना रहेको बताइएको छ भने अहिलेसम्म कुनै घाइते भएको रिपोर्ट भने आएको छैन। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै