• २०८१ बैशाख १७ सोमबार

विजय माल्यालाई भारत पत्यर्पण गर्न ब्रिटेनको अदालतको स्वीकृति 

kharibot

काठमाडौँ। भारतका बैंकहरुको ९ सय करोड ऋण नतिरेर लन्डनमा बसिरहेका भारतीय व्यापारी विजय माल्यालाई लन्डनको वेस्टमिनिस्टर अदालतले भारत पत्यर्पण  गर्न स्वीकृति दिएको छ। 

भारतले अदालतलाई दिएको प्रमाणको आधारमा ब्रिटेनको अदालतले माल्यालाई भारत पत्यर्पण गर्ने स्वीकृति दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। माल्या २०१६ मा भारत छोडेर लन्डन गएका थिए। माल्याले किङ्गफिसर एयरलाइन्सको नाममा आईडीबीआई बैंकबाट ९०० करोड ऋण लिएका छन् । उनले यो रकम नतिरेका छैनन् । र, इयरलाइन्सका नाममा लिएको यो रकम विभिन्न देशमा लगानी गरेको आशंका गरिएको छ ।

त्यस्तै माल्याले सामाजिक संजालमार्फत आफुले कर्नाटकको अदालतलाई बैंकको पैसा फिर्ता गर्ने प्रस्ताव गरेका थिए। उनले पत्यर्पण मुद्धासँग आफ्नो सो प्रस्तावको कुनै लेनादेना नभएको भन्दै माल्याएल बैंकको ऋण तिर्न आफ्नो सम्पत्ति पर्याप्त रहेको र सो को विवरण आफुले अदालतलाई पेश गरिसकेको बताएका छन्। ऋण मैले लिएको नभई किङ्ग फिसर एयरलाइन्सले लिएको भन्दै जमानी बस्नु फ्रड नभएको माल्याले दाबि गरेका छन्। 

अदालतले माल्यालाई पत्यर्पण गर्न स्वीकृति दिएपनि उनले १४ दिनभित्र उच्च अदालतमा अपिल गर्न पाउने ब्रिटेनको कानुन रहेको छ। सो अनुसार माल्याले उच्च अदालतमा अपिल गरेमा उनलाई भारत ल्याउने प्रक्रिया एक बर्षसम्म पर जान सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै