• २०८१ बैशाख १८ मंगलबार

च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध योङ्ग ब्वायजको सनसनीपूर्ण जित

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत गत समुह चरणको अन्तिम खेलमा युभेन्टस योङ्ग ब्वायजसँग पराजित भएको छ। गएराती भएको खेलमा योङ्ग ब्वायजले युभेन्टसविरुद्ध सनसनीपूर्ण २-१ गोल अन्तरको जित हासिल गरेको छ। 

स्विटजरल्याण्डको क्लब योङ्ग ब्वायजको जितमा गुइलाउमे होएराउले २ गोल गरेका थिए। युभेन्टसका लागि पाउलो डिबालाले एक गोल फर्काएका थिए। हारका बाबजुत युभेन्टस समुह एचको शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ भने योङ्ग ब्वायजभने समुहमा अन्तिम स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ। 

यसै समुहमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भलेन्सियासँग २-१ गोल अन्तरले पराजित भएपछि युभेन्टस नै शिर्ष स्थानमा रहेको हो भने ६ खेलमा १० अंक रहेको युनाइटेड पनि अन्तिम १६ मा यस अघि नै छनौट भैसकेको छ। 

युभेन्टस अन्तिम १६ मा छनौट भएपनि योङ्ग ब्वायजसँगको पराजयले झस्किएको छ। योङ्ग ब्वायजले भने प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय