• २०८१ बैशाख १६ आइतबार

टेस्ट क्रिकेटमा रिषव पन्तको रेकर्ड, दोस्रो दिन भारतीय ब्याट्सम्यानको दबदबा 

kharibot

काठमाडौँ । भारतका विकेट किपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् ।

रिषवले हाल जारी अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा १५९ रनको अविजित पारी खेल्दै भारत बाहिर अहिलेसम्मकै धेरै रन बनाउने विकेटकिपर ब्याट्सम्यान बनेका छन् । यस सिरिजमा पन्तले कुल ३५० रन बनाउदै कप्तान विराट कोहलीभन्दा धेरै रन बनाउदै सिरिजमा धेरै रन बनाउने खेलाडीको सुचीमा पुजारापछि दोस्रो स्थानमा रहेका छन् । 

टेस्ट क्रिकेटमा दोस्रो शतक बनाएका रिषवले यस अघि महेन्द्र सिंह धोनीले पाकिस्तान विरुद्ध बनाएको रेकर्डलाई पछाडी पारेका छन् । धोनीले यस अघि २००६ मा पाकिस्तानविरुद्ध फैसलावादमा १४८ रनको पारी खेल्दै भारत बाहिर धेरै रन बनाउने विकेटकिपर बनेका थिए । 

त्यस्तै अस्ट्रेलियामा टेस्ट खेलमा शतक बनाउने पहिलो विकेटकिपर ब्याट्सम्यान समेत बनेका छन् । यसअघि कुनैपनि विकेटकिपर ब्याट्सम्यानले अस्ट्रेलियामा शतक बनाएका थिएनन् । साथै रिषव इङल्याण्ड र अस्ट्रेलियामा शतक बनाउने दोस्रो विकेटकिपर ब्याट्सम्यान समेत बनेका छन् । यसअघि १९८४ मा वेस्टइन्डिजका जेफ्री डुजोनले म्यानचेस्टर र पर्थमा शतक बनाएका थिए । चौथो टेस्टको दोस्रो दिन भारतले ७ विकेट गुमाउदै ६२२ रन बनाएपछि पारी घोषणा गर्यो भने अस्ट्रेलियाले सम्हालिदै दोस्रो दिन कुनै विकेट नगुमाई २४ रन बनाएको छ । 

तीन शतकीय साझेदारी :

भारतको पारीमा तीन शतकीय साझेदारी भएका थिए । सातौ विकेटका लागि रिषव पन्त र रविन्द्र जडेजाबीच २२४ बलमा २०४ रनको साझेदारी बनेको थियो । भारतका लागि टेस्ट क्रिकेटमा सातौ विकेटका लागि भयेकू यो अहिलेसम्म कै दोस्रो ठुलो साझेदारी हो । यस अघि २००२ मा वेस्टइन्डिजविरुद्ध भिभिएस लक्ष्मण र अजय रात्राबीच सातौ विकेटका लागि २१७ रनको साझेदारी भएको थियो । 

त्यस्तै भारतीय पारीमा दोस्रो विकेटका लागि चैतेश्वोर पुजारा र मयंक अग्रवालबिच ११६ रनको साझेदारी बनेको थियो भने पाँचौ विकेटका लागि पुजारा र हनुमा विहारीबिच १०१ रनको साझेदारी बनेको थियो ।

सिरिजमा पुजाराको तेस्रो शतक : 

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको चौथो खेलमा भारतीय ब्याट्सम्यान चैतेश्वोर पुजाराले शतक प्रहार गरेका छन् । टेस्टको पहिलो दिन पुजारा अहिले १३० रन बनाएका पुजारा दोस्रो दिन १९३ रन बनाएर आउट भएका थिए ।

सिरीजको चौथो तथा अन्तिम टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले उत्कृष्ट सुरुवात पहिलो दिन ४ विकेट गुमाएर ३०३ रन बनाएको थियो । यसैक्रममा पुजाराले आफ्नो शतक पुरा गरेका हुन् । पुजाराको यस सिरिजमा यो तेस्रो शतक हो । यसअघि उनले पहिलो टेस्टको पहिलो पारीमा १२४ र तेस्रो टेस्टको पहिलो पारीमा १०६ रनको पारी खेलेका थिए । त्यस्तै पहिलो टेस्टको दोस्रो पारीमा ७१ रनको अर्धशतकीय पारी समेत खेलेका थिए ।

पुजाराले यस सिरिजमा तीन शतक सहित अहिलेसम्म ५२१  रन बनाउदै सिरिजमा धेरै रन बनाउने खेलाडी बनेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय