• २०८१ बैशाख १७ सोमबार

सभामुख पार्टी कार्यकर्ता बनेको गगन थापाको आरोप 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा सभामुख कृष्ण बहादुर महरा पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन् । सभामुख महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुअघि सभामुखसँग काँग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए।

सांसद थापाले भने, ‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि पार्टी सदस्य?’ उनले अगाडी भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं।’

समसामयिक विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए। 

सरकारले विभिन्न तथ्य तोडमोड गरेर प्रस्तुत गरेकाले आफूहरुले प्रश्न गर्नका लागि समय मागेको तर सभामुखले पार्टी कार्यकर्ता जसरी समय नदिएर हुकुमी शैलीमा संसद चलाउन खोजेको उनको टिप्पणी छ । 

कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसदमा आफूहरुको विरोध जारी रहने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय