• २०८१ बैशाख १७ सोमबार

अस्ट्रेलियालाई पराजित गदै भारतद्वारा सिरिज बराबरी  

kharibot

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत ६ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले दिएको २९९ रनको लक्ष्यलाई भारतले ४ विकेट गुमाउदै ४९.२ ओभरमा पुरा गरेको हो ।

भारतलाई जित दिलाउनेक्रममा कप्तान विराट कोहलीले १०४ रनको शतकीय पारी खेलेका थिए भने पुर्व कप्तान महेन्द्र सिंह धोनीले अविजित ५५ रन बनाएका थिए । त्यस्तै रोहित शर्माले ४३ रन बनाए भने शिखर धवनले ३२ रन, दिनेश कार्तिकले अविजित २५ र अम्बाती रायडुले २४ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर जय रिचार्डसन, मार्कोस स्टोइनिश, ग्लेन म्याक्सवेल र बेहरेनड्रोफले एक एक विकेट लिएका थिए ।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि शन मार्शले शतकीय पारी खेल्दै १३१ रन बनाएका थिए । मार्शले १२३ बल खेल्दै ११ चौका र ३ छक्कासँगै १३१ रन बनाएका थिए । मार्शको ६२औ एकदिवसीय खेलमा यो सातौ शतक हो ।

त्यस्तै अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिसले २९, उसमान ख्वाजाले २१, पिटर ह्यान्ड्सकबले २० रन बनाएका थिए । त्यसै गरि ओपनर एलेक्स केरीले १८, कप्तान एरोन फिन्चले ६, जिए रिचार्डसनले २ रन बनाएका थिए । पुछारका ब्याट्सम्यान नाथन लियोनले अविजित १२ रन बनाएका थिए ।

भारतीय बलर भुवनेश्वर कुमारले ४ विकेट लिए भने मोहमद सामीले ३ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रेलिया र भारतले १-१ खेल जित्दै बराबरी गरेका छन् भने आगामी शुक्रबार हुने सिरिजको अन्तिम खेल सिरिज जित्न निर्णायक हुने छ । 

विराटको ३९औं शतक :

भारतीय क्रिकेट कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३९औ शतक प्रहार गरेका छन् । अस्ट्रेलियाविरुद्ध दोस्रो एकदिवसीय खेलमा विराटले एकदिवसीय खेलको आफ्नो ३९औ शतक पुरा गरेका हुन् । कोहलीले १०८ बल खेल्दै १०४ रन बनाएर आउट भएका थिए । कोहलीको शतक पुरा गर्ने क्रममा ५ चौका र २ छक्का हानेका थिए ।

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एक दिवसीय क्रिकेटमा बनाएको रेकर्ड ४९ शतकको एक कदम नजिक पुगेका छन् । ३०  बर्षिय कोहलीले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरिसकेका छन् । यो शतकसँगै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ शतक हानेका छन् ।

विराट अहिलेसम्म २१८ एकदिवसीय खेल खेल्दै १०३३५ रन बनाएका छन् । जसमा ३९ शतक ४८ अर्धशतक बनाएका छन् । 

विराटले अहिलेसम्म यो टेस्टसहित ७७ टेस्ट क्रिकेटमा २५ शतक र २० अर्धशतक सहित ६ हजार ६ सय १३ रन बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै