• २०८१ बैशाख १७ सोमबार

महिला टी-२० : फाइनलमा नेपालले आयोजक थाइल्याण्डको सामना गर्ने 

kharibot

काठमाडौँ । थाईल्याण्डमा जारि महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा नेपालले आयोजक थाइल्याण्डको सामना गर्ने भएको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले इन्डोनेसिया लाई ९२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो भने आयोजक थाइल्याण्डले युएईलाई ४९ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

अब फाइनलमा उपाधिका लागि नेपालले आयोजक थाइल्याण्डको सामना गर्ने भएको छ । प्रतियोगितामा दुवै टिम अहिलेसम्म अपराजित गरेका छन् । 

नेपालले समुह चरणका चार वटै खेलमा जित हासिल गर्दै समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको थियो भने थाइल्याण्डले पनि समुह बिमा समुह चरणका चार वटै खेल जितेर सेमिफाइनलमा पुगेको थियों ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै