• २०८१ बैशाख १७ सोमबार

बिपिएलमा सिलहेटको पाचौं हार, सन्दीप विकेटविहिन  

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स रंगपुर राइडर्ससँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा सिलहेट रंगपुरसँग ४ विकेटले पराजित भएको हो । 

सिलहेटले दिएको १९५ रन पछाएको रंगपुरले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

रंगपुरका लागि रिले रोसोउवले सर्वाधिक ६१ रन बनाए भने एबी डेभिलियरले ३४ तथा एलेक्स हल्सले ३३ रन बनाए । त्यस्तै नहिदुल इस्लामले १९ तथा फरहाद रेजाले अविजित १८ रन बनाएका थिए । 

सिलहेटका लागि तास्किन अहमदले ४ विकेट लिए भने मोहमद इरफान र आलोक कपालीले एक एक विकेट लिए । नेपाली बलर सन्दीप लामिछाने भने यस खेलमा किफायती बलिंग गरेपनि विकेटविहिन हुन पुगे । उनले ४ ओभरमा २१ रन दिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै सिलहेटले २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो । सिलहेटका लागि सब्बिर रहमानले सर्वाधिक ८५ रन बनाएका थिए भने निकोलस पुरनले अविजित ४७ रन बनाएका थिए । त्यस्तै कप्तान डेभिड वार्नर र अफिफ होसैनले १९-१९ रनको योगदान गरेका थिए । त्यस्तै लिटन दासले ११ र जकर अलिले ५ रन बनाएका थिए ।

त्यस्तै रंगपुर राइडर्सका बलर मुश्रफे मुर्तजाले २ विकेट लिए भने शफुल इस्लामले एक विकेट लिएका थिए ।

सिलहेटले अहिलेसम्म खेलेका ७ खेलमा २ खेलमा जित र ५ खेलमा हार बेहोर्दै ४ अंकसहित लिगको छैठौ स्थानमा छ भने रंगपुर ७ खेलमा ४ खेलमा हार र ३ खेलमा जितसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सिलहेटले अब अर्को खेल जनवरी २३ मा खुल्ना टाईटानसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै