• २०८१ बैशाख १७ सोमबार

स्वदेश फर्किएपछि प्रशिक्षक र कप्तान भन्छन्, ‘मानसिक दबाबले फाइनल हार्यौ’  

kharibot

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास प्रतियोगिताको उपविजेता बनेर नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ । 

स्वदेश फर्किएको नेपाली महिला टिमकी कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दासले प्रतियोगिताले खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको प्रतिक्रिया दिएका छन ।

१२ बर्षपछि फाइनलमा पुगेर पनि उपविजेता बनेको नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दासले त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रतियोगिता अगाडी नै फाइनलमा पुग्ने लक्ष्य राखेका बताउदै फाइनल खेलमा थाइल्याण्ड हामी भन्दा सबै रुपमा बलियो देखिएको प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षक दासले फाइनलमा नेपाली खेलाडी थाइल्याण्डविरुद्ध मानसिक रुपमा दबावमा आएकोले प्रदर्शनमा परेको बताए । तर यो प्रतियोगिताले आगामी विश्वकप छनोटमा ठुलो असर गर्ने भन्दै दासले प्रतियोगितामा ब्याटिङ र बलिङमा राम्रो देखिएपनि मानसिक रुपमा केहि कमजोर रहेको बताए ।

त्यस्तै कप्तान रुवीना क्षेत्रीले यो प्रतियोगितामा टिमको प्रदर्शन अहिलेसम्म कै राम्रो रहेको बताएकी छन् । क्षेत्रीले फाइनलमा राम्रो खेल्दा खेल्दैपनि मानसिक रुपमा दबाबमा आएपछि चुक्न पुगेको बताइन । 

नेपाल अपराजित हुदै फाइनलमा पुगेर आयोजक थाइल्याण्डसँग ७० रनमा पराजित हुदै उपविजेत बनेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै