• २०८१ बैशाख १७ सोमबार

नेपाललाई एकदिवसीय खेलमा पहिलो पटक आइसीसीको वरियता 

kharibot

काठमाडौँ । नेपाल युएईविरुद्धको एकदिवसीय सिरिज पछि पहिलो पटक आइसीसीको वरियतामा परेको छ । नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५औं स्थानमा रहेको छ । एकदिवसीय वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । 

त्यस्तै युएई भने २६३ पोइन्ट र १५ रेटिंग अंकका साथ १४औ स्थानमा रहेको छ ।

नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

गत अगस्टमा पहिलो एकदिवसीय सिरीज नेदरल्यान्डसँग खेल्दै १–१ को बराबरीमा सकाएको थियो । एसिया कप छनोटमा नेपाल यूएईसँग पराजित भएको थियो ।

सोमबार युएईविरुद्धको सिरिज जितेसँगै नेपालले ६ एकदिवसीय खेलमा समान तीनमा जित र हार निकालेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै