• २०८१ बैशाख १७ सोमबार

रियल म्याड्रिड कोपाको सेमिफाईनलमा

kharibot

काठमाडौँ । स्पेनिस कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड सेमिफाइनलमा पुगेको छ । गएराती भएको खेलमा म्याड्रिडले गिरोनालाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-३ को नतिजासहित सेमिफाइनलमा पुगेको हो ।

म्याड्रिडले सेमिफाइनलको पहिलो लिगमा गिरोनालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल मार्कोस लिओरेंटले गरेका थिए । त्यस्तै गिरोनाका लागि एक गोल पेड्रो पोरेले फर्काएका थिए ।

योसँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । रियल म्याड्रिडसँगै बार्सिलोना, भलेन्सिया र रियल बेटिस सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलको ड्र आजै हुने छ भने सेमिफाइनलका होम र अवे लिगका खेल फेबुअरी ६ र २७ मा हुने छन् । कोपाको फाइनल खेल मे २५ मा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै