काठमाडौँ । युवा खेलाडी अविनाश बोहोरा टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् । अविनाशले ३ खेल खेल्दै कुल ६ विकेट लिएका थिए ।
अविनाशले ३ खेलमा कुल १० ओभर बलिङ गर्दै ७२ रन दिएर ६ विकेट लिएका हुन् । उनी टी-२० सिरिजमा धेरै विकेट लिने खेलाडी हुन् ।
युएईका कप्तान मोहमद नाभीदले सिरिजमा ५ विकेट लिए भने युएईकै सुल्तान अहमद र नेपालका सन्दीप लामिछानेले पनि ५-५ विकेट लिए ।