• २०८१ बैशाख १७ सोमबार

टोयोटाको ड्रिम कार आर्ट कन्टेस्टका १२ विजयी जापान जाने 

kharibot

८ देखि ११ वर्ष उमेर समूहमा विजयी चित्रहरूः : द रेस्क्यु कार (उर्जा राना मगर), स्पेस एजुकेसन कार (तमन्ना अग्रवाल), सोलार फ्रुट कार (निश्चय ढकाल), वन्डर कार (जिनी शाह)।

काठमाडौं । टोयोटा मोटरले आयोजना गरेको '१३ औं ड्रिम कार आर्ट कन्टेस्ट' मा १२ स्कुले विद्यार्थी विजयी भएका छन् । यी बालबालिकाले आफ्नो कल्पनाशीलता प्रयोग गरी बनाएका कारका १२ चित्रहरू विश्वव्यापी प्रतियोगितामा सहभागिताका लागि जापान पठाइने भएको छ।

जापानमा हुने विश्वव्यापी छनोटमा परेमा उनीहरूले आफूजस्तै विश्वभरबाट आएका चित्रहरूसँग प्रतिस्पर्धा गर्नेछन्।  

विश्वका ७७ देशमा एकसाथ आयोजना गरिएको यो प्रतियोगितामा स्कुलका विद्यार्थीहरूलाई तीन अलगअलग समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको नेपालस्थित टोयोटाको आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ। यस वर्ष करिब ९०० चित्र प्रतिस्पर्धामा सहभागी थिए।

८ वर्ष भन्दा कम उमेर समूह, ८ देखि ११ वर्ष उमेर समूह र १२ देखि १५ वर्ष समूहका विद्यार्थीहरुको प्रतिस्पर्धाबाट हरेक समूहमा ४–४ जना छनोट गरिएको हो।

विगतमा नेपालबाट प्रतिनिधित्व गर्दै दुई पटक प्रतिस्पर्धी जापान गएका कम्पनीले जनाएको छ। अन्तिम प्रतिस्पर्धा जापानमै हुनेछ।

सन् २००४ देखि सुरु भएको टोयोटा ड्रिम आर्ट कन्टेस्टमा २०१८ का लागि विश्वभरबाट ६ लाख ५० हजार चित्रहरू प्राप्त भएका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै