• २०८१ बैशाख १६ आइतबार

बिग बासको फाइनल खेल्दै सन्दीप, मेलवर्नले पहिला बलिङ गर्दै  

kharibot

काठमाडौं । बिग बास लिगको फाइनलमा मेलवर्नका दुई क्लब मेलवर्न स्टार्स र मेलवर्न रेनेगडेस आज उपाधिका लागि खेल्दै छन् ।

सन्दीप मेलवर्नको फाइनलको खेलको लागि प्लेइङ ११ मा रहेका छन् ।  मेलवर्नले ब्याट फ्लिप जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।   

दोस्रो सेमिफाइनलमा रेनेगडेसले सिडनी सिसर्सलाई ३ विकेटले पराजति गर्दै फाइनलमा पुगेपछि फाइनल खेल मेलवर्न डर्बी हुने भएको हो । यसअघि पहिलो सेमिफाइनलमा मेलवर्नले होबर्ट हुरिक्यानलाई ६६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो । 

मेलवर्न बिग बास लिगको फाइनलमा दोस्रो पटक पुगेको छ । यसअघि मेलवर्न २०१५-१६ सिजनमा फाइनलमा पुगेर पराजित भएको थियो । 

त्यस्तै फाइनलमा पुगेको मेलवर्न रेनेगडेस भने पहिलो पटक फाइनलमा पुगेको हो । तेस्रो पटकको प्रयासमा रेनेगडेसले सेमिफाइनल पार गर्दै प्रतियोगितामा फाइनलमा पुगेको हो ।

मेलवर्न स्टार्सलाई अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले कप्तानी गरेका छन् भने रेनेगडेसलाई अस्ट्रेलियाकै शिर्षक्रमका ब्याट्सम्यान एरोन फिन्चले कप्तानी गरेका छन् ।

सन्दीपले अहिलेसम्म विश्वका धेरै फ़्रेन्चाइज टी-२० लिग खेलेपनि सन्दीप लामिछाने पहिलो पटक कुनै फाइनलमा खेल्दै छन् । सन्दीप खेलेका टीम आइपिएलको तत्कालिन दिल्ली डेयर डेभिल्स, ग्लोबल टी-२०को मोन्टरियल टाइगर्स, क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एंड नेभिस प्याट्रोयट्स, अफगानिस्तान प्रिमियर लिगको टिम नन्गारहर लियोपार्ड, बंगलादेश प्रिमियर लिगको टिम सिलहेट सिक्सर्स जस्ता टिम प्रतियोगिताको फाइनलमा पुग्न असफल भएका थिए । नेपालमा भएको एभरेष्ट प्रिमियर लिगमा सन्दीपको टिम ललितपुर प्याट्रोयट्सले उपाधि जितेपनि सन्दीप यस टिमका सुरुका दुई खेल मात्र खेलेर अस्ट्रेलिया गएका थिए ।

यसरी हेर्दा सन्दीप पहिलो पटक अस्ट्रेलियाको टी-२० लिग र विश्व कै ठुलो टी-२० लिग मध्यको एक बिग बास लिगमा पहिलो पटक मै फाइनल खेल्दै छन् ।   

पहिलो पटक अस्ट्रेलियाको बिग बास लिग खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले बिग बासमा अहिलेसम्म ११ विकेट लिएका छन् ।

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै