• २०८१ बैशाख १८ मंगलबार

रोनाल्डोलाई २० हजार युरो जरिवाना, प्रतिबन्धबाट बचे 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो युरोपियन फुटबल एसोसियसन (युइएफए) को प्रतिबन्धबाट बचेका छन् । 

च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले रोनाल्डोलाई जरिवाना मात्र लगाएपछि प्रतिबन्धबाट बचेका हुन् । 

युइएफएले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणलाई छानबिनको दायारामा ल्याउदै रोनाल्डोलाई २० हजार युरो जरिवाना गरेको हो । 

यसअघि रोनाल्डोले गरेको सो व्यवहारका कारण उनलाई क्वाटरफाइनलको एजाक्सविरुद्धको खेलमा प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको थियो ।

रोनाल्डोले प्रि-क्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेपछि एथलेटिकोका म्यानेजर डिएगो सिमोओनीले युभेन्ट्सका फ्यानलाई संकेत गर्दै सेलेब्रेसन गरेपछि उनलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै २३ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो । 

त्यसपछि दोस्रो लिगमा रोनाल्डोको पनि सिमोओनीले जस्तै व्यवहार भएकाले उनलाई पनि जरिवाना हुन सक्ने वा प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको थियो  । 

रोनाल्डोको सेलेब्रेसन पछि एथलेटिकोका म्यानेजर सिमोओनीले स्वाभाविक रुपमा लिदै आफुले गरेजस्तै रोनाल्डोले पनि सेलेब्रेसन गरेको बताएका थिए ।

युइएफएले युइएफएको आर्टिकल ११(२) (बि) र आर्टिकल ११(२) (डी) अनुसार रोनाल्डोको व्यबहार रहेको बताएको थियो ।

युइएफएले रोनाल्डोको सो व्यबहारको लागि अनुसन्धान खुला गरेको जनाउदै युइएफएको इथिक्स एण्ड डिसीप्लीनरी समितिले छनबिन गरेको थियो ।  

सो खेलमा रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएका थिए । अब युभेन्टस क्वाटरफाइनलमा एजाक्ससँग खेल्ने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै