• २०८१ बैशाख १७ सोमबार

विन्डोज ७ बन्द गर्दै माइक्रोसफ्ट 

kharibot

अमेरिका । माइक्रोसफ्ट विन्डोज ७ अब छिट्टै बन्द हुने भएको छ । माइक्रोसफ्टले आफ्नो विन्डोज ७ सन् २००९ जुलाई २२ मा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै यसलाई प्रयोगकर्ताहरुले निकै रुचाएका थिए । १० वर्षको सेवापछि कम्पनीले अब विन्डोज ७ बन्द गर्ने निर्णय गरेको छ । 

माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्तालाई यो बन्द हुने नोटिफिकेसन दिन सुरु गरेको छ । नोटिफिकेसनमा विन्डोज ७ अपरेटिङ सिस्टमलाई अब अपडेट उपलब्ध नगराउने उल्लेख गरिएको छ । 

शुक्रवार माइक्रोसफ्टले एक पोस्टमा उल्लेख गरेको छ, ‘१० वर्षको सेवापछि सन् २०२० जनवरी १४ सम्म विन्डोज ७ मा चल्ने कम्प्युटरका लागि सेक्युरिटी अपडेट उपलब्ध गराइनेछ । साथै, विन्डोज ७ बन्द हुने नोटिफिकेसन रिमाइन्डर पनि पठाइनेछ ।’

माइक्रोसफ्टले प्रयोगकर्तालाई विन्डोज ७ बन्द हुने नोटिफिकेसन दिने निर्णय यही महिनाको सुरुमा गरेको हो । यदि माइक्रोसफ्टले पठाउने नोटिफिकेसन घरिघरि प्राप्त गर्न नचाहेमा ‘डु नट रिमाइन्ड मि अगेन’ अप्सनमा क्लिक गर्नुपर्नेछ । 

भर्समा छापिएको एक प्रतिवेदनअनुसार विन्डोज १० करीब ८० करोडपटक इन्स्टल भएको पाइएको छ । विन्डोज ७ बन्द गरेपछि कम्पनीले विन्डोज १० लाई अझै राम्ररी प्रमोट गर्ने बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै