• २०८१ बैशाख १७ सोमबार

बिरगंज–पथलैया व्यापारिक मार्ग निर्माण सुस्त

kharibot

बारा । राष्ट्रिय आयोजनामा रहेको व्यापारिक मार्ग बिस्तार योजना बिरगंज–पथलैया ६ लेन सडक निमार्णको गती सुस्त बनेको छ । दुई वर्ष भित्र सम्पन्न गरी सक्नु पर्ने योजना निर्माण कम्पनीहरुले ढिलाई गर्दा गती नबढे पछि सुस्त बनेको हो ।

बाटो विस्तारका लागि सडक विभागले गत २०७३ साल असार २९ गते अर्थात् ३० महिनाको समय अवधी तोके पनि सडक निर्माण कामको सम्झौता भएको ३० महिना गत पुस महिनामा म्याद सकिए पछि पुन ६ महिना थपिएको छ ।

सडक विभागले बिरगंजदेखि पथलैयासम्म बाटो निमार्णका लागि ६ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै ६ वटा कम्पनिलाई जिम्मा दिएको छ । व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा व्यापारीक मार्गको काममा ढिलाई भएको योजना कार्यालयले जनाएको छ ।

हाल निर्माण कार्यको जिम्मा पाएका केहि कम्पनीहरुले केहि हदसम्म राम्रो काम गरे पनि अन्य कम्पनीहरुले भने काममा ढिलाई गरेका कारण र योजनाले समयमा साईड खाली गराउँन नसकेको कारणले समयमा काम पुरा नभएको योजनाका प्रमुख संजय कुमार मिश्रले बताए ।  

भौतिक प्रगती बारे बताउँदै मिश्रले भने्– “योजनाको लगभग ६ महिना थप गर्दा पनि ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।” यस योजनामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तरर्गत पर्ने ११ सय मिटरको जंगल क्षेत्र खाली गराउँन नसक्दा पनि काम प्रभावित भएको उनको भनाई छ । 

पाँच अर्व ५० करोडको लागतमा बिनियोजन गरिएको पथलैयादेखी बिरगंजसम्म २७ कीलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ साल पुष २८ गते भित्र सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । सडक निर्माणको ठेक्का सम्झौता भएको सयम सिमा समाप्त भई पुन ६ महिना म्याद थप गरीएको छ ।

२७ किलोमिटर व्यापारिक मार्गलाई छ वटा ब्लकमा विभाजित गरी भिन्दाभिन्दै ठेक्का लगाईएको छ । हाल दुई लेनको रहेको त्रिभुवन राजपथ र परवानीपुर सुक्खा बन्दरगाह सडक खण्डलाई छ लेनमा विस्तार गर्न लागिएको हो । पाँच अर्ब ५० करोडको लागतमा यी सडक खण्डलाई छ लेनमा वितार गर्न लागिएको हो ।

योजनाको निर्माण अनुमती लिएका  निर्माण कम्पिनीहरुमा प्याकेज नम्बर ४ अन्तरर्गत पथलैया देखि सिमरा स्थित सूर्य नेपाल ईन्डष्ट्रिज सम्म ४.५६ कि.मि ए.एम.आर÷कन्टेक जे.भी , सूर्य नेपाल देखि जीतपुर स्थित नेपाली सेनाको ब्यारेक सम्म प्याकेज नम्बर ५ अन्तरर्गत ५.८ कि.मि शर्मा-युनाईटेड् ब्युल्डर्स्-दिवा निर्माण सेवा, नेपाली सेनाको ब्यारेकदेखि परवानीपुर जंकशनसम्म प्याकेज नम्बर ६ अन्तरर्गत ५.१६ कि.मि ए.एम.आर-कन्टेक जे.भी, परवानीपुर जंकशन देखि ट्राईपोर्ट गण्डक नहर सम्म प्याकेज नम्बर १ अन्तरर्गत ३.९२ कि.मि ए.एम.आर-पप्पु-कन्टेक, ट्राईपोर्ट गण्डक नहरदेखि सृजना पेट्रोलपम्प मनिहारी सम्म प्याकेज नम्बर २ अन्तरर्गत ३.५ कि.मि श्रेष्ठ-बिरुवा-एपेक्स् जे.भी र प्याकेज नम्बर ३ अन्तरर्गत मनिहारी देखि आई.सि.पी सम्म ४.१ कि.मि सडक निर्माणको ठेक्का पप्पु-लुम्बिनी रहेका छन ।

त्यस्तै ड्रेन कभर अर्थात् नाला माथीको ढक्कन बनाउँने टेण्डर पनि ए.एम.आर-कन्टेक जे.भीले जिम्मा लिएको छ ।

योजनाका अनुसार प्याकेज नम्बर ४ र ६ को सडक निर्माणको जिम्मा लिएको ए.एम.आर÷कन्टेक जे.भीले ६० करोड ६२ लाख ५ हजार ७ सय ९ र ६७ करोड ७१ लख ४५ हजार ७ सय ८४ रुपैयाँ गरी १ अर्व २८ करोड ३३ लाख ५१ हजार ४ सय ९३ रुपैयाँको टेण्डर लिएको छ । 

त्यस्तै शर्मा÷युनाईटेड् ब्युल्डर्स्÷दिवा निर्माण सेवाले प्याकेज नम्बर ५ अन्तरर्गत ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैयाँ, ए.एम.आ-पप्पु-कन्टेकले प्याकेज नम्बर १ अन्तरर्गत ५२ करोड ६ लाख ७ हजार ८ सय ५१ रुपैयाँ, श्रेष्ठ-बिरुवा-एपेक्स् जे.भीले प्याकेज नम्बर २ अन्तरर्गत ४८ करोड ६४ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ र पप्पु-लुम्बिनीले प्याकेज नम्बर ३ को सडक निर्माणका लागि ४८ करोड २४ लाख ५५ हजार ४ सय ६१ रुपैयाँको टेण्डर जिम्मा लिएको छ् । 

त्यस्तै व्यापारिक मार्गमा सडक लेन अनुसार पर्ने तीन वटा पुलहरुको पनि निर्माण कार्यहरु भई रहेको छ । व्यापारिक मार्गमा पर्ने लालका पुल, श्रीसियाको दुई छुट्टा–छुट्टै स्थानमा पर्ने तीन वटा पुललाई पनि निर्माणका लागि २०७४ साल मैं टेण्डर दिईएको छ ।

पुलहरु मध्ये लालका पुल निर्माणको जिम्मा ईलाईट-एस.बी.ए.जे.भीलाई दिएको छ , भने श्रीसियामा पर्ने दुई छुट्टा–छुट्टै पुल निर्माणको जिम्मा लुम्बिनी-मृत संजिवनी जे.भीलाई दिईएको हो । 

बिरगंज–पथलैया व्यापारिक मार्ग अन्तरर्गत प्याकेज नम्बर ४ र ६ को सडक निर्माणको ठेक्का लिएको ए.एम.आर-कन्टेक जे.भीका प्रबन्धक गौरव सिंहले बिद्युत, बन, पाईपलाईन र जीतपुर बजारका कै कारण निर्माण कार्य अवरोध भईरहेको बताए । उनले व्यापारिक मार्ग बिस्तार योजना बिरगंज पथलैया सडक विभागको योजना प्रमुखको नैं पटक–पटक परिवर्तन भईरहेकोले योजनामा ढिलाई भईरहेको समेत बताए ।

योजना प्रमुखको पटक–पटक सरुवा भई रहँदा रकम निकासा नहुँनुका कारण व्यापारिक मार्गको निर्माण कार्य समय सिमा अवधीमा पुरा हुन नसकेको निर्माण कम्पनीहरुको आरोप रहेको छ ।

मुलुकको कुल आयातको आधा भन्दा बढी माल वस्तु आयात हुने बिरगंज नाकाको प्रमुख सडकलाई विस्तार नगरिँदा मालबाहक सवारी साधन गुडाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै रहदै आएको छ । यहाका उद्योगी व्यवसायीले पनि लामो समयदेखि यो सडक खण्डको विस्तारको माग गर्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै