• २०८१ बैशाख १७ सोमबार

कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

kharibot

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ ।

नेपालले खेलको २९औं मिनेटमा पेनाल्टीमा गोल खाएको थियो । नेपालका डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र गरेको फाउलपछि कुवेतले पाएको पेनाल्टीलाई युसुफ नासेरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो खेलमा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो खेलमा गोलरहित बराबरी हुदा किरणले पेनाल्टी जोगाउदै नेपाललाई हारबाट बचाएका थिए । 

यस टुरमा पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध नभएको अवस्थामा कालीनले नयाँ खेलाडीलाई मौका दिएका थिए ।

यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ भने प्रशिक्षक योहान कालीनको पहिलो टुरमा नेपालको प्रदर्शन सन्तोषजनक रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै