• २०८१ बैशाख १७ सोमबार

बर्दियामा यस वर्षकै बढी गर्मी,जनजीवन प्रभावित

kharibot

राजापुर । बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।

अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । 

वैशाखको दोस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।

अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताए ।

गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ । 

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा  ह्वात्तै बिरामी बढेका छन् । बिरामीकै चापले अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउछन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुवास पाण्डेले बताए ।

अत्याधिक गर्मीकै कारण बर्दियाका बालबालिकामा शरीर भरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै