काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै एक जनालाई बिहीबार नियन्त्रणमा लिएको छ । भूमिसुधार कार्यालय सप्तरी राजविराजका कार्यालय प्रमुख उपसचिव प्रकाश प्रसाद पोखरेललाई आयोगले नियन्त्रणमा लिएको हो ।
पोखरेलले जग्गाको मोहियानी हक कायम गर्नका लागि १ लाख ५० हजार घुस लिएका थिए । उनलाई आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले डेढ लाख रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको बताएको छ ।