• २०८१ बैशाख १७ सोमबार

राशिद खानको नाममा बन्यो लाजमर्दो रेकर्ड

kharibot

काठमाडौँ । अफगानिस्तानका स्टार स्पिनर राशिद खानका लागि मंगलबार इङल्याण्डविरुद्धको विश्वकपको खेल विर्सन लायक बन्यो ।

इङल्याण्डका ब्याट्सम्यानले विश्वकै अहिलेका उत्कृष्ट स्पिनर भनिएका राशिदको धुलाई यसरी गरेकी विश्व क्रिकेटको रेकर्ड नै तोडियो । यस खेलमा ९ ओभरमा १२.२२ को औसतले ११० रन दिएका राशिदले कुनै विकेट लिन सकेनन् ।

विश्वकपको इतिहासमै राशिद अहिलेसम्मका महँगो बलर बन्दै शर्मनाक रेकर्ड कायम गरेका छन् ।

यस अघि यस्तो रेकर्ड सन् १९८३ विश्वकपमा न्युजील्याण्डका बलर मार्टिन स्नेडडेनले १२ ओभरमा १०५ रन दिदै आफ्नो नाममा बनाएका थिए । त्यस्तै वेस्टइन्डिजका कप्तान जेसन होल्डरले दक्षिण अफ्रीकाविरुद्ध बलिङ गर्दै १० ओभरमा १०४ रन खाएक थिए । त्यस्तै अफगानिस्तानकै बलर दवालत जर्दानले सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध १० ओभरमा १०१ रन खाएका थिए ।

तर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने राशिद एकै खेलमा धेरै रन दिने दोस्रो खेलाडी बनेका छन् । राशिदले भन्दा धेरै अस्ट्रेलियाका मिक लुइसले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ११३ रन दिएका थिए । त्यस्तै पाकिस्तानका वहाव रियाजले पनि सन् २०१६ मा इङल्याण्डविरुद्ध १० ओभरमा ११० दिएका थिए ।     

साथै राशिदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सबै बह्न्दा धेरै ११ छक्का खाने बलर बनेका छन् । साथै उनी एकदिवसीय क्रिकेटमा सयभन्दा धेरै रन दिने पहिलो स्पिनर समेत बनेका छन् ।

साथै यस खेलाम इङल्याण्डका कप्तान इयोन मोर्गनले राशिदको बलिङमा ७ छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटमा कुनै एक बलरविरुद्ध एकै खेलमा धेरै छक्का हान्ने रेकर्ड समेत बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै