• २०८१ बैशाख १७ सोमबार

गुठी विधेयक फिर्ता भए पनि माइतीघरमा खबरदारी सभा (फोटो फिचर) 

kharibot

तस्बीर : प्रविण राउत/खरीबोट

काठमाडौँ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ ।

माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएका छन् ।

बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वत: स्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओर्लिएका छन् ।

नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन् । उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै हुनुपर्ने माग अघि सारेका छन् ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै