• २०८१ बैशाख १८ मंगलबार

दक्षिण अफ्रीकामाथि न्युजील्याण्डको जित

kharibot

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत न्युजील्याण्डलाई दक्षिण अफ्रीकामाथि ४ विकेटको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २४२ रनको लक्ष्य पछाएको न्युजील्याण्डले ४८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्युजील्याण्डको जितमा कप्तान केन विलियाम्सनले शतकीय पारी खेलेका थिए । विलियाम्सनले विजित १०६ रन बनाएका थिए । त्यस्तै कोलिन डी ग्राण्डहोमले ६० रन बनाए भने मार्टिन गपटिलले ३५ तथा जेम्स नीशमले २३ रन बनाएका थिए । त्यस्तै कोलिन मुन्रोले ९, रोज टेलर र टम लाथम १-१ रनमा औ भएका थिए ।

दक्षिण अफ्रीकाका बलर क्रिस मोरिसले ३ विकेट लिए भने कागीसो रबाड़ा, लुंगी एंगीडी र एन्डीले फेहलुक्वायोले एकएक विकेट लिएका थिए ।      

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि भान डेर दुसानले सर्वाधिक अविजित ६७ रन बनाएका थिए । त्यस्तै हसिम अमलाले ५५ रन बनाएका थिए । त्यस्तै एइडेन मार्क्रमले ३८ रन बनाए भने डेभिड मिलरले ३६ रन बनाएका थिए ।

त्यस्तै फाफ डुप्लेसिसले २३ रन बनाए भने क्वेनटन डिकक ५ रन बनाएर आउट भएका थिए । त्यस्तै क्रिस मोरिसले अविजित ६ रन बनाएका थिए ।   

त्यस्तै न्युजील्याण्डका बलर लुकी फर्गुसनले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।

जितपछि न्युजील्याण्ड प्रतियोगितामा अपराजित रहदै ५ खेलमा ९ अंक हासिल गर्दै अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड ८ अंकसहित दोस्रो स्थानमा छ भने अस्ट्रेलिया ८ अंकसहित तेस्रो तथा भारत ७ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण अफ्रीका भने प्रतियोगितामा चौथो खेलमा पराजित हुदै सेमिफाइनलको यात्रामा मुस्किल अवस्थामा पुगेको छ । दक्षिण अफ्रिकाको ६ खेलमा केबल ३ अंक रहेको छ ।

विश्वकप क्रिकेट अन्तर्गत आज अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदै छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै